नियम ३२
भन्सार गोदाममा रहेका मालवस्तु छुटाउनु पर्ने
(१) भन्सार गोदाममा रहेको मालवस्तु त्यस्तो गोदाममा दाखिला भएको मितिले साठी दिनभित्र सम्बन्धित मालवस्तु धनीले जाँचपास गराई छुटाउनु पर्नेछ ।
तर कुनै मालवस्तु स्वास्थ्यका लागि हानिकारक, छिटो नाश हुने, भन्सार गोदाममा राखिरहन उपयुक्त नहुने वा स्थानको अभावले गर्दा सो म्यादसम्म राखिरहन नसकिने अवस्थाको भएमा भन्सार कार्यालयको प्रमुखले सो म्याद समाप्त हुनु अगावै पनि त्यस्तो मालवस्तु जाँचपास गराई लैजान मनासिव समय दिई मालवस्तु धनीलाई सूचना दिन सक्नेछ । यस्तो सूचनाको म्यादभित्र मालवस्तु धनीले मालवस्तु जाँचपास गराई नलगेमा भन्सार कार्यालयको प्रमुखले ऐनको दफा ४७ बमोजिमको कारबाही चलाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र जाँचपास गराई नलगेका मालवस्तुको विवरण त्यस्ता मालवस्तु अन्य व्यक्तिबाट सञ्चालित भन्सार गोदाममा रहेका भए त्यस्तो गोदामको सञ्चालकले अविलम्ब सम्बन्धित भन्सार कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको विवरण प्राप्त भए पछि भन्सार कार्यालयको प्रमुखले ऐनको दफा ४७ बमोजिम अविलम्ब कारबाही चलाउनु पर्नेछ ।